कुचबिहार: भारतीय स्वतन्त्रताको ७५औं वर्षको अमृत महोत्सवको अवसरमा बीएसएफको गोपालपुर सेक्टरको ७५औं बटालियनले कुचबिहारको शाही दरबारमा हतियारको प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनी बिहान १० बजेबाट सुरु भएको थियो। बीएसएफले देशको रक्षाका लागि प्रयोग गर्ने सबै हतियारहरू प्रदर्शनमा छन्। पर्यटकलाई जानकारी गराउन यो विशेष प्रदर्शनी आयोजना गरिएको हो।









