रायगञ्ज: उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज बरदुवारी क्षेत्रस्थित विद्यालयको बरांडेमा बुधबार बिहान एक व्यक्तिको रगतले लतपतिएको शव फेला परेको छ। घटना सार्वजनिक भएलगत्तै पूरै इलाकामा हलचल मच्चिएको छ। आज बिहान विद्यालयको बराँदेमा शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन्। प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि रायगञ्ज मेडिकल कलेज र अस्पतालमा पठाएको छ। घटनाबारे रायगञ्ज प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ। यहाँ विद्यालयमा शव फेला परेको खबरले सम्पूर्ण क्षेत्रका जनता आतंकित भएका छन्।