श्री रामनवमीको अवसरमा खरसाङको गिध्द पहाडदेखि दार्जिलिङसम्म‌ पदयात्रा

IMG-20260327-WA0091

खरसाङ: श्री राम महोत्सव समिति दार्जिलिङ खरसाङ शाखाको आयोजनामा श्री राम नवमीको अवसरमा शुक्रवार खरसाङको गिध्द पहाडस्थित श्री राम मन्दिरदेखि दार्जिलिङको महाकाल मन्दिरसम्म पदयात्राको आयोजना गरिएको छ। उक्त पथयात्रा विश्व हिन्दु परिषदद्वारा आयोजित तथा श्री राम नवमी महोत्सव दार्जिलिङ जिल्ला खरसाङ शाखाको‌ आयोजनामा सम्पन्न भएको छ। खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छे, सचिव बिक्रम प्रसाद, कोषाध्यक्ष कैलाश गोयल, पण्डित केशव मिश्र, पण्डित पुरुषोत्तम अधिकारी, सदस्यहरु बिनय प्रसाद, चन्दन प्रसाद र अन्यहरु उपस्थित रहेका थिए। श्री राम नवमीको अवसरमा बिहानको समयमा खरसाङको गिध्द पहाडस्थित श्री राम मन्दिरमा पूजा अर्चना गरेर पदयात्रा शुरु गरिएको थियो। उक्त पदयात्रा गिद्द पहाडस्थित राम मन्दिरबाट शुरु भएर खरसाङ बजार हुँदै बस टर्मिनलमा पुगेर समापन भएको थियो भने बस टर्मिनलबाट दार्जिलिङको महाकाल बाबाको मन्दिरसम्म गाडीमा प्रस्थान गरेका थिए।

यस पदयात्रामा खरसाङ क्षेत्रका विभिन्न मठ मन्दिरहरुका पुजारी र सन्तहरु लगायत स्थानीयहरु भेला भएर दार्जिलिङसम्मको पदयात्रा गरेका थि। यस पदयात्रामा अयोध्याबाट ल्याइएको श्रीरामको चरण धुल, अमृत र ढुंगा पनि लिएर पदयात्रा गरिएकोले सबैले यसको दर्शन गरेको र ठाउँ ठाउँमा सबैले पदयात्रीहरुलाई स्वागत गरिएको जानकारी प्राप्त भएको छ। उक्त पदयात्रा खरसाङ बजारमा आईपुग्दा जय श्रीरामको नाराको साथमा नाँच्दै र गाउँदै श्री रामभक्तहरु पदयात्रामा सामेल भएका थिए। यस पदयात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै श्री राम नवमी महोत्सव दार्जिलिङ जिल्ला खरसाङ शाखाका अध्यक्ष पेम्बा रिम्पोर्छेले खरसाङको गिद्द पहाडस्थित श्री राम मन्दिरमा बिहान भजन कीर्तन र पूजा अर्चना गरेर पदयात्रा शुरु गरिएको जानकारी गराएका छन्। उनले यो श्री रामनवमीको अवसरमा आयोजित शान्तिमय रैली गरिएको कारण दार्जिलिङ शान्तिमय छ र यसलाई कायम राख्न आयोजना गरिएको बताए।

उनले यो पदयात्रा गिद्द पहाडस्थित श्री राम मन्दिरबाट शुरु भएर खरसाङ बजार हुँदै बस टर्मिनलमा पुगेर त्यहाँबाट गाडीमा दार्जिलिङ रेलवे स्टेशनसम्म जाने अनि त्यसपछि महाकाल बाबाको मन्दिरसम्म पुग्ने बताएका छन्।

About Author

Advertisement