फाँसीदेवा: आबकारी विभागले रम-रक्सी बनाउने सामग्रीसहित १० लाख रुपियाँ मूल्यको नकली रम-रक्सी उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा सिलगढी, नक्सलबारी, जलपाईगढी र बाघडुग्राको आबकारी विभागले संयुक्त रूपमा आज बिहानै फाँसीदेवाको डाङ्गापाडा काजीगछ इलाकामा अभियान चलाएर २ हजार लिटर नकली रम-रक्सी, ५ सय लिर स्प्रिट र रम-रक्सी बनाउने उपकरणहरू उद्धार गरेको छ। तथापि, आबकारी विभागको टीम पुग्न अगावै नकली रम रक्सी बनाउने व्यवसायीहरूले चम्पट कसेको बताइएको छ। यस विषयमा बाघडुग्रा आबकारी विभागका ओसी अङ्कुर रायले बताएअनुसार बिहारमा नकली रम-रक्सी तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको थियो। गोप्य सूचनाको आधारमा उक्त इलाकामा अभियान चलाएर धेरै मात्रामा नकली रम रक्सी उद्धार गरेको छ। आबकारी विभागले घटनाको जाँच शुरू गरेको छ।