फीफा अण्डर-१७ महिला वर्ल्ड कपः भारत ८-०-ले पराजित

photocollage_2022101122557553.jpg

११ अक्टोबरः फीफा अण्डर-१७ महिला वर्ल्ड कपमा भारतको शुरुवात निराशाजनक रह्यो। कलिंगा स्टेडियममा मंगलवार खेलिएको ग्रुप ए-को म्याचमा आयोजक भारतलाई अमेरिकाले ८-०-ले पिट्यो। म्याचमा ७९ प्रतिशत पोजेशनको साथ खेल्ने अमेरिकाबाट मेलिना एञ्जेलिका रेबिमबासले २ गोल गरिन्। म्याचको मध्यान्तरसम्म ५-०-ले अघि रहने अमेरिकाले दोस्रो हाफमा अझ ३ गोल थप्यो। थोमस डेनरबीको प्रशिक्षणमा रहने भारतीय टीमले म्याचमा कुनै चुनौती पेश गर्न सकेन। ग्रुप ए-कै अन्य एउटा म्याचमा ब्राजीलले मोरक्कोलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बोर्जेस डी मोराइसले पाँचौं मिनटमा गोल गरिन्। फीफा अण्डर-१७ महिला वर्ल्ड कपको पहिलो दिन आज खेलिएको अन्य म्याचहरूमा चिलीले न्यूजील्याण्डलाई ३-१-ले अनि जर्मनीले नाइजेरियालाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement