सिक्किम विधानसभाको चौथो अधिवेशन सम्पन्न, प्रदेश सरकारले महत्त्वपूर्ण विधेयक र वित्तीय प्रस्ताव पारित

FB_IMG_1774539806909

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले चौथो अधिवेशन, एघारौँ विधानसभाको, सिक्किम विधानसभा सचिवालय, गाङटोकमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
अधिवेशनको सुरुमै मुख्यमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उदाहरणीय नेतृत्व र देशका सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रिको रूपमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गरे । प्रधानमन्त्रीको “विकसित भारत–२०४७” को दृष्टि, साथै “एक भारत श्रेष्ठ भारत” र “सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास” जस्ता मार्गदर्शनकारी सिद्धान्तहरूले राष्ट्रलाई एकता, प्रगति र समावेशी विकासतर्फ अग्रसर गरिरहेको उल्लेख गरे। साथै, सिक्किमको विकासमा निरन्तर सहयोग पुर्याइरहेको भारत सरकार र मार्गदर्शन र उत्साहवर्धनका लागि केन्द्र सरकारका गृहमन्त्रीप्रति आभार व्यक्त गरे।
उनले चुनावी प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउने उद्देश्यले २३ मार्च २०२६ देखि लागू भएको नियम अनुसार राज्य सरकारले अन्तरिम बजेट प्रस्तुत गरेको जनाए। साथै यसले अत्यावश्यक सरकारी खर्च सुनिश्चित गर्दै पूर्ण वार्षिक बजेट चुनाव सम्पन्न भएपछि प्रस्तुत गरिने व्यवस्था ल्याएको जानकारी गराए।
एक दिनको अधिवेशनमा निम्न महत्वपूर्ण विधेयक र वित्तीय प्रस्ताव पारित भएका छन्: सिक्किम नगरपालिकाहरू (संशोधन) विधेयक, २०२६
पूरक माग २०२५–२६
अन्तरिम बजेट २०२६–२७
सिक्किम अनुदान विधेयक
पक्याङ विमानस्थलको नाम परिवर्तन गरी त्रिलोचन पोख्रेल विमानस्थल घोषणा गर्ने प्रस्ताव।
त्यसैगरी, कुशलता तथा नवप्रवर्तन विश्वविद्यालय सम्बन्धी विधेयक, २०२५ को फिर्ती प्रक्रिया पनि सम्पन्न गरिएको छ। साथै, विभिन्न समिति प्रतिवेदन, लेखा परीक्षण निष्कर्ष र वित्तीय समीक्षा पनि प्रस्तुत भए।
मुख्यमन्त्रीले गभर्नर, सभामुख र उपसभामुख, मन्त्रीहरू, विधायिका सदस्य, प्रशासनिक अधिकारीहरू, प्रहरीकर्मी, सचिवालय कर्मचारी र सञ्चार टोलीप्रति अधिवेशन सफलताका लागि हार्दिक कृतज्ञता व्यक्त गरे।
अन्त्यमा अधिवेशनले सिक्किमको लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउने र राज्यको विकासमा नयाँ ऊर्जा थप्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे।

About Author

Advertisement