राष्ट्रिय डाक सप्ताह पालन गरिने

IMG_20221011_222043.jpg

गान्तोक: भारतीय डाक विभागले ९ अक्टोबर, २०२२ देखि १५ अक्टोबर, २०२२ सम्म राष्ट्रिय डाक सप्ताह पालन गरिरहेको छ। यस अन्तर्गत पोस्टमास्टर जनरल कार्यालय, सिक्किमले पनि आफ्नो फिलाटेली दिवस पालन गरिरहेको छ। यस विशेष अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले राजभवन परिसरमा सिक्किममाथि आधारित बेकरी स्नेक्स कनफेक्शनरी उत्पाद र अदुवा आधारित उत्पादमा दुईवटा स्पेशियल कभरको विमोचन गरियो।यो स्पेशियल कभर डाक विभागद्वारा एक जिल्ला एक उत्पाद अन्तर्गत जारी गरिएको हो। पहिलोपल्ट सिक्किमका उत्पादहरूमाथि स्पेशियल कभर जारी गरिएको हो। यसले यी उत्पादहरूले राष्ट्रिय पहिचान पाउने आशा गरिएको छ।राज्यपालले डाक परिवारलाई राष्ट्रिय डाक सप्ताहको शुभकामना व्यक्त गर्दै यस पहलका लागि कर्नल अखिलेश कुमार पान्डेय, पोस्टमास्टर जनरल, सिक्किम र उनको सम्पूर्ण टीमको सराहना गरे। राज्यपालले भने, यस्तो पहलले सिक्किमका उत्पादहरूलाई प्रोत्साहन मिल्नेछ, साथै सिक्किमलाई आफ्नो राष्ट्रिय पहिचान बनाउनमा अझ बल मिल्नेछ। उनले सुकन्या समृद्धि योजनालाई राज्यमा प्रचार प्रसारको निम्ति डाक विभागलाई मद्दत गर्न शुभेच्छा व्यक्त गरे। यस अवसरमा पोस्टमास्टर जनरल कार्यालय, सिक्किम परिवारद्वारा राज्यपालप्रति आभार व्यक्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement