खरसाङ: खरसाङमा घरेलु ग्यासकोे आपूर्ति समस्या लिएर खरसाङमा रहेका ग्यास एजेन्सीकाे मालिकसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले भेटघाट गरेका छन्। यस प्रतिनिधि टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय उपाध्यक्ष सुवास प्रधानकोे अगुवाईमा दिन प्रतिदिन घरेलू ग्यास लिएर जनताले भोग्नु परिरहेको समस्या लिएर समस्याकाे कारण बुझ्न खरसाङको ग्यास एजेन्सीको मालिकसित भेटघाट गरेका छन्। यस अवसरमा उपाध्यक्ष सुवास प्रधानले अहिले वर्तमानमा खरसाङकोे जनताले ग्यास पाउनमा भईरहेको समस्या किन हुँदैछ साथै जनसाधारण यसरी एउटा सिलिन्डरकाे निम्ति बिहानदेखि लाइन लागेर बस्नु पर्ने तर भरियाहरुले एकैसँग १०-१२ वटा कसरी लाँदैछन् भनी प्रश्न गरेका छन्। अर्कोतिर ग्यास एजेन्सीकोे पक्षबाट वर्तमानमा अन्तर्राष्ट्रीय स्तरमा युद्धले गर्दा ग्यास आपूर्तिमा सामान्य समस्या भएको हो र सरकारद्वारा जारी गरिएको सूचना बमोजिम ग्यास वितरण भईरहेको छ। तर कतिपय भ्रामक जानकारीले गर्दा जनसाधारणमा ग्यास पाउँदैन भन्ने भयले गर्दा यस्तो स्थिति उत्पन्न भएको छ भन्दै खरसाङमा ग्यास पर्याप्त मात्रामा उपलब्ध भएको जानकारी दिए। यस क्रममा सभासद श्याम शेर्पाले वर्तमानमा पहाड़का जनता ग्यासमैं निर्भर छ र कुनै पनि समय शुभ अशुभ कार्य परेको खण्डमा एजेन्सीबाट ग्यास उपलब्ध गर्ने विषयमा प्रश्न गर्दा सरकारी आदेश बमोजिम डिएसी नम्बरकाे आवश्यकता अनिवार्य भएको कारण एजेन्सीले केही सहयोग गर्न नसक्ने भएता पनि यदि डीएसी नम्बर व्यवस्था गर्न सके सिलिन्डर उपलब्ध गराइदिनेछौं भनी जनतालाई भरोसा दिलाएका छन्। यसको साथै वर्तमानमा ग्यास बुकिङ २५ दिनमा हुँदैछ। तर ग्यास उपभोक्ताहरूले एकभन्दा अधिकपल्ट बुकिङकोे निम्ति दिएकाे नम्बरकोे उपयोग गरेकाेले गर्दा पनि बुकिङ सिस्टममा समस्या भईरहेको जानकारी उपस्थित भागोप्रमोका नेतृत्त्वहरूलाई अवगत गराएका छन्। आज जनतालाई सहयोग पुर्याउन जनताकाे ग्यास लिएर देखिरहेको समस्याकोे निम्ति भेट गर्न गएको टोलीमा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, खरसाङ महकुमा समितिका प्रचार प्रसार सचिव दिपेन सेवा, टाउन कमिटीका सह प्रचार प्रसार सचिव रबि तोलंगी अनि कार्यकारीणी सदस्य अनुराग छेत्री उपस्थित थिए।










