खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले बिहीबार तीनधारे क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। तीनधारे महानदी मण्डल अन्तर्गत बुथ नम्बर २५२ मा बुथ अध्यक्ष सुरेश बम्जन, शक्ति केन्द्र प्रमुख तथा पार्टीका अन्य कार्यकर्ताहरूसँग महत्वपूर्ण भेटघाट तथा विचार-विमर्श सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। यस भेटघाटको क्रममा संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरू तथा जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विषयमा सकरात्मक छलफल गरिएको जानकारी प्राप्त भएको छ।

यसावधि कार्यकर्ताहरूको उत्साह, समर्पण र एकताले हाम्रो अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। भाजपा प्रार्थी सोनाम लामाले तीनधारे क्षेत्रमा आफ्नो पक्षमा चुनाव प्रचार प्रसार साथै पार्टी कार्यकार्ताहरु र समर्थकहरुसित भेटघाट गरेर चुनाव प्रचार प्रसार गरेका थिए।









