गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले हिजो मोबाइल मेडिकल यूनिट भ्यानलाई झण्डा देखाउँदै शुभारम्भ गरेकी छन्। यस असरमा महकुमा अधिकारी, डीएमएस लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। स्मरण रहोस्, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गत १५ अगस्तको दिन राज्यव्यापीरूपमा यस वाहनको शुरूवात गरेका थिए।विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरूको स्वास्थ्य उपचारमा सहयोग पुऱ्याउने उद्देश्यले सरकारले मोबाइल मेडिकल यूनिट भ्यानको शुरूवात गरेको हो। दुर्गम क्षेत्रका मानिसहरू उपचारको निम्ति अस्पताल पुग्न नसक्ने भएकोले उनीहरूको उपचार घऱमा नै होस् भन्ने सरकारको मुख्य उद्देश्य रहेकोछ। यस भ्यानमा औषधि, चिकित्सक टोली लगायत चिकित्सा जाँचको निम्ति चाहिने आवश्यक उपकरण सबै उपलब्ध रहने छ। गाउँ गाउँमा पुगेर यस टोलीले मानिसहरूलाई स्वास्थ्यको क्षेत्रमा जागरूक पनि गराउने छ।