लाइफलाइन सोसियल अर्गानाइजेसन गैरसरकारी संस्थाले सरसफाई गरेर मनायो आफ्नो स्थापना दिवस

IMG_20221011_213812.jpg

गोरुबथान: सेवाकार्यमा तन्मय रहेर आफ्नो कार्य गर्ने गोरुबथानको एक सक्रिय संस्था लाइफलाइन सोसियल अर्गानाइजेसन हो। विगत कोरोनाकालमा पनि यस संस्थाले अग्रपंक्तिमा रहेर काम गरेको धेरै उदाहरणहरु छन्।

बिरामीहरुलाई एम्बुलेन्स सेवा, सामाजिक कार्य, जनचेतनामुलक कार्यहरु गर्ने यो संस्थाले यसपल्ट आफ्नो स्थापना दिवस आफ्नो ढंगमा पालन गरे। कुनै प्रकारको हो हल्ला नगरी आफ्नो स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्ण ससस्यगणको उपस्थितिमा बडा फागु जाने बाटो देखि फाफरखेतीसम्मको बाटोघाटो, धर्मशाला, बिसौनी वरिपरि साफसफाई गरे।

वरिपरि छरिएका मैला, प्लाष्टिक, कागज इत्यादिहरु जम्मा गरेर जलाएर सरसफाई गरे। संस्थाका संस्थापक अध्यक्ष सुदन सुब्बाले सरसफाइको कार्यक्रम सकिएपछि सबै सदस्यगणसित मिलेर केक काटेर स्थापना दिवस मनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement