दिग्गज फूटबलर सालाहको लिभरपूल छोड़ने फसेला

IMG-20260325-WA0120

लण्डन: मिस्रका दिग्गज फूटबलर मोहामेद सालाहले लिभरपूल फूटबल क्लब छोड़ने घोषणा गरेका छन्। यस सीजनको अन्तसँगै लिभरपूलसँग उनको अनुबन्ध समाप्त हुनेछ। उनी आफ्नो अनुबन्ध नवीनीकरण गर्न चाहँदैनन्। यसको पुष्टि फूटबलरको साथमा उनको क्लबले पनि गरेको छ। लिभरपूलको निम्ति सबै प्रतियोगिता मिलाएर ४३५ पल्ट मैदानमा ओर्लिसकेका सालाहले सोशल मीडियाको माध्यमले यस्तो जानकारी दिएका छन्। आफ्नो भावुक सन्देशमा सालाहले उनका प्रशंसकहरू यो खबर सीधै उनीबाट सुन्न चाहन्थे भने। उनले यसलाई आफ्नो फेयरवेलको पहिलो हिस्सा बताएका छन्, जसले आउँदो समयमा विदाईको अझ सन्देश आउने सक्ने कुरा दर्शाउँछ। वास्तवमा सालाह र लिभरपूलबीच विवादको शुरुवात दिसम्बर २०२५-मा भएको थियो। सालाहले सीधा रूपमा म्यानेजर आर्ने स्लटमाथि गम्भीर आरोप लगाएका थिए। सालाहले क्लबले उनलाई अन्तिम एकादशमा मौका नदिएर कसैलाई बसबाट फ्याँकिदिएको जस्तो अपमानित गरेको दावी गरेका थिए। त्यस समय क्लबले लगातार ३ वटा म्याचमा उनलाई बेञ्चमा राखेको थियो। उनले आफ्नो योगदानलाई हल्कामा लिइएको आरोप लगाएका थिए, जसले टीम भित्र अनि सार्वजनिक रूपमा तनाउपूर्ण माहोल बनिएको थियो। यसले टीमको मनोबलमा पनि असर पऱ्यो। यस बयानको लगभग ३ महिना पछि सालाहले टीम छोड़ने घोषणा गरेका छन्। ३३ वर्षीय सालाह २०१७-मा एएस रोमाबाट लगभग ५० मिलियन डलरमा लिभरपूल आएका थिए। उनले क्लबको निम्ति ४३५ वटा म्याच खेलेर २५५ गोल गरिसकेका छन्, जसले उनलाई क्लबको सर्वकालिक सर्वाधिक गोलदाताहरूका सूचीमा तेस्रो स्थानमा पुऱ्याएको छ। सालाहले आफ्नो नाम क्लबका महान खेलाड़ीहरूमा दर्ता गराएका छन्। लिभरपूलमा आफ्नो ९ सालको करियरको अवधि सालाहले टीमलाई धेरैवटा ऐतिहासिक सफलताहरू दिलाउनमा सहायता गरे। क्लबको प्रीमियर लीग, यूएफा च्याम्पियन्स लीग, एफए कप, लीग कप, क्लब वर्ल्ड कप र यूएफा सुपर कप जस्तो ठूलो खिताबी जीतमा सालाहको महत्त्वपूर्ण योगदान रह्यो।
व्यक्तिगत उपलब्धिहरूको कुरा गर्दा सालाहले ४ पल्ट प्रीमियर लीग गोल्डन बूट जिते, जसको साथ उनले थियेरी हेनरीको रेकर्डको बराबरी गरे। उनले लिभरपूलको साथ २०१७-१८-को आफ्नो पहिलो सीजनमै ४४ गोल गरेका थिए, जसलाई आज पनि प्रीमियर लीग इतिहासको असाधारण व्यक्तिगत प्रदर्शनहरूमा एक मानिन्छ। आफ्नो विदाई सन्देशमा सालाहले क्लब, शहर र प्रशंसकहरू प्रति गहिरो भावनाहरू व्यक्त गरे। उनले ती क्षणहरूलाई याद गरे जब टीमले जीतको खुशीयाली मनाउनको साथै कठिन समयमा एकार्काको साथमा उभिएको थियो। सालाहको क्लब छोड़ने फसेलाले लिभरपूललाई ठूलो झट्का लागेको छ।

About Author

Advertisement