भोटाङ नम्बरको वाहन सन्देहको आधारमा पुलिस नियन्त्रणमा

4ad9911a-852d-464c-8879-29a106a46999

कालचिनी– एसएसबीद्वारा आज भोटाङ गेट अघि भारतीय सीमामा पस्ने प्रत्येक वाहनको जाँच चलिरहेको क्रममा फुन्छोलिङबाट जयगाउँतर्फ निस्किरहेको एउटा भोटाङ नम्बरको बोलेरो पिकअप भ्यानलाई एसएसबी जवानहरूले जाँच गर्न रोक्दा उक्त वाहनको चालक वाहनबाट निस्केर भोटाङभित्र भागेको घटनाले जयगाउँ सीमा क्षेत्रमा खैलाबैला मच्चिएको थियो। वाहन चालक अचानक यसरी वाहन छोड़ेर भाग्दा एसएसबीले उक्त वाहनको जाँच गर्दा वाहनमा विस्फोटर सामग्री भएको थाह पाएर यसको जानकारी जयगाउँ थानालाई दिँदा जयगाउँ थानाको पुलिसबल आएर उक्त वाहनलाई नियन्त्रणमा लिएर गएको बताईएको छ।

पुलिस र एसएसबी पक्षले केही स्पष्ट बताउन नचाहे तापनि उक्त पिकअप भ्यानमा पहाड़ र चट्टान फोर्ने विस्फोटक सामग्रीहरू भेटाएको थाहा लागेको छ। यद्यपि खाँटी कुरा के हो यसको केही टुङ्गो नलागेकोले जानकारहरूमा व्याकुलता छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement