कालचिनी – आज जयगाउँ सहरको रामगाउँमा एउटा घरको नयाँ सीमा पर्खालको काम चलिरहेको समय अचानक पुरानो पर्खाल ढल्दा काम गरिरहेको तीनजना कामगार मिस्त्रीहरू पर्खालको चपेटमा आएको थियो । स्थानीय बासिन्दाहरूले सहयोगको हात बढ़ाउँदै पर्खालले छोपिएको तीनजना घाइतेहरूलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पताल पठाएको थियो। घटनामा कोही हताहत नभए तापनि यसको जानकारी जयगाउँ थाना र नजीकै रहेको दमकल विभागलाई दिँदा घटनास्थलमा पुलिस र दमकल कर्मीहरू आएर उद्धार कार्य चलाएको थियो।

नयाँ पर्खालको काम चलिरहेको समय अचानक पुरानो पर्खाल ढल्दा तीनजना कामगार मिस्त्रीहरू घाइते बनेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। यता उक्त घटना सम्बन्धमा पुलिसले छानबीन चलाइरहेको बताएका छन्।