कालचिनी- नागाल्यान्ड लटरी बिक्रेताहरूको भाउचर ह्वास गरिदिएकोमा लटरी बिक्रेताहरूले यसको चौतर्फी विरोध गरिरहेको क्रममा आज पुरानो हाँसीमारामा लटरी बिक्रेताहरूले काउन्टर बन्द गर्दै यदि लटरीको भाउचर पहिलाको जति नदिए जोरदार आन्दोलनमा ओर्लिने चेताउनी दिएका छन्। लटरी बिक्रेताहरू गौरांग सिकदार, इम्तियाज अन्सारी र इकबाल अन्सारीले यही लटरी बिक्री गरेर परिवारको भरण पोषण चलिरहेको तर हठात लटरीको भाउचर ह्वात्तै घट्दा अब लटरी बिक्री गरेर पेट पाल्न नसक्ने सङ्केत भइरहेको जनाएका छन्।