वीरपाडा – मदारीहाटमा फेरि भीषण दुर्घटना ट्रक अनियन्त्रित भएर होटेलभित्र पस्यो । होटलका कर्मचारीसहित दुइजनाको मृत्यु भएको छ भने ४ जना आंशिक घाइते। ट्राफिक जामका कारण राष्ट्रिय राजमार्ग केही समयका लागि जाम। मदारीहाटका पुलिस र स्थानीयवासी उद्धार कार्यमा जुटेका थिए । ट्रकलाई क्रेनद्वारा निकालियो। केही दिन अघि पनि यस्तै ट्रक होटलभित्र पसे तापनि कुनै क्षति पुगेको थिएन तर यसपटक भने जोगिएन होटल पूर्णरूपले क्षति भएको छ।
घटना मंगलबार बिहान ७ बजी एसियन राजमार्ग नं ४८ मदारीहाट स्कुल चौपती नजिक भएको हो। ट्रक सिलगढीतर्फ गइरहेको थाहा लागेको छ। घटनापछि मदारीहाट थाना जाँचमा जुटेको थाना सुत्रले जनाएको छ ।