गेजिङ र रम्फूबाट तीनजना ड्रग्स बिक्रेता पक्राउ

IMG-20221011-WA0179.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि एक अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत हालसम्म पुलिसले धेरै जना ड्रग्स बिक्रेताहरूलाई पक्राउ गरिसकेको छ। यसै क्रममा रम्फू पुलिसले ड्रग्स सहित एक चालकलाई पक्राउ गरेको घटना प्रकाशमा आएको छ। पक्रा पर्ने आरोपी सिङताम चिसोपानी निवासी अर्जुन तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले ५६४ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र २ बोतल कफ सिरप फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी तामाङ सिलगढीबाट बसमा गान्तोकतर्फ आइरहेका थिए। पुलिसले शंकाको आधारमा जाँच गर्दा ड्रग्स फेलापारेपछि पक्राउ गरेको हो। सोही प्रकारले नयाँ बजार पुलिसले भारी मात्रमा ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपीहरूमा अमृत सुनाम र लक्ष्मण गुप्त रहेको पुलिसले बताएको छ। यी दुई जना बाइकमा आइरहेका थिए भने पुलिसले शंकाको आधारमा पक्राउ गरेको थियो। जाँचको क्रममा आरोपीद्वयबाट १ हजार १५२ वटा विन्सपास्मो फोर्ट क्याप्सुल लगायत अन्य महत्वपूर्ण सामग्री पनि फेला पारेको जानकारी गराएको छ। पुलिसले यी तीनैजना आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement