मुख्यमन्त्रीद्वारा ‘मेरो कविता’ फाइनलिस्ट सोनम पल्जोर तामाङलाई शुभकामना

FB_IMG_1774365953296

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘मेरो कविता- द रिदम अफ पोएट्री (सिजन १)’ को फाइनलमा पुगेका युवा प्रतिभा सोनम पल्जोर तामाङ लाई शुभकामना व्यक्त गरे।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक निवासमा सोनम पल्जोर तामाङसँग भेटघाट गरे। उनी सुल्दुङ–काम्लिङ जीपीयू अन्तर्गत टिन्जरबोङका निवासी तथा रिन्चेनपोङ निर्वाचन क्षेत्रका बासिन्दा हुन्।
भेटका क्रममा मुख्यमन्त्री तामाङले सोनम पल्जोर तामाङ नेपालमा आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल चरणमा पुगेको खबरले आफू अत्यन्त हर्षित भएको बताए। उनले भव्य फाइनलका लागि शुभकामना दिँदै उनले उत्कृष्ट प्रदर्शन गर्दै राज्यको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले यस्ता प्रतिभाशाली युवाहरूले राज्यको पहिचान र गौरव बढाउने उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा समेत व्यक्त गरे।

About Author

Advertisement