नगद राशी नकआउट फुटबल टुर्नामेन्टमा अम्बियोक हाइ स्कुल सेमिफाइनलमा प्रवेश

IMG_20221011_191718.jpg

गोरुबथान: अम्बियोक जनकल्याण समाजको आयोजनामा अम्बियोक जनमैदानमा सम्पन्न भइरहेको नगद राशि नकआउट फुटबल टुर्नामेन्टको मंगलबार खेलिएको क्वाटर फाइनल खेलमा अम्बियोक हाइ स्कुल विजयी बन्यो। रोमाञ्चक खेलमा अम्बियोक हाइ स्कुलले रानीचिरा, डुवर्सलाई ० को विरुद्ध १ गोलले पराजित गर्यो।यसै चिडान्त १ गोलले अम्बियोक हाई स्कुललाई सेमिफाइनलमा प्रवेश गराउन सफल बन्यो।यस फुटबल खेलको सेमिफाइनलमा अम्बियोक हाइ स्कूलको भिडन्त बिल्डर सेभेनसित आगमी १५ अक्टोबरको दिन हुनेछ। आजको यस खेलमा हेमकुमार राई मुख्य निर्णायक अनि सहायक निर्णायकमा आलोक राई र मन्दिप राई रहेका थिए। ज्ञात रहोस कि रोगी कल्याण हेतु खेलाइएको यस नगद राशि नकआउट फुटबल टुर्नामेन्टको विजेता दललाई ५० हजार नगद अनि आकर्षक ट्रफी प्रदान गरिनेछ भने उपविजेता दललाई ३० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। विगत १२ सेप्टेम्बरदेखि शुरु भएको यस नकआउट फुटबल टुर्नामेन्टको चुडान्त फाइनल खेल आगमी १७ अक्टोबरको दिन खेलिनेछ।
आजको यस खेलमा मुख्य अतिथिको रुपमा ४३ नम्बर समष्टिका कार्यकारी सभासद रतन थापाको विशेष उपस्थित रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement