११ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा मंगलवार एमएफसी फिक्कल (नेपाल)-ले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा एमएफसी फिक्कलले खरसाङको मिक्स्ड अप् बोइजलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट शेखर राई र सौरभ कार्कीले २-२ गोल गरे। यसरी नै मिक्स्ड अप् बोइजबाट अभियान थापाले १ गोल गरे। एमएफसी फिक्कलका सौरभ कार्कीलाई प्लेयर अव् द म्याच चयन गरियो। एमएफसी फिक्कलले अब १३ अक्टोबरको दिन खेलिने क्वार्टर फाइनलमा नमो बुद्धको चुनौती स्वीकार्नेछ।

यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।