बेजिङ: चीनमा फेरि कोरोनाको नयॉं खतरा देखिएको छ। चीनका धेरै प्रान्तहरूमा ओमिक्रोनको दुईवटा नयॉं प्रारूप फैलिएपछि एकपल्ट फेरि कोरोनालाई लिएर आतङ्क बढ्न थालेको छ।अब चीनका धेरै राज्यहरूमा ओमिक्रोनको दुईवटा नयॉं प्रारूप बीएफ.७ र बीए.५.१.७ पुष्टि भएपछि सनसनी मच्चिएको छ। दुवै प्रारूप अत्यधिक संक्रामक रहेको बताइएको छ।स्थानीय रोग रोकथाम एवं नियन्त्रण केन्द्रका उप निदेशक ली शुजियानले भने, ओमिक्रोनको बीएफ.७ प्रारूपको पुष्टि सबैभन्दा पहिला उत्तर पश्चिमी चीनमा भएको थियो भने ओमिक्रोनको बीए.५.१.७ प्रारूपको पनि पुष्टि भइसकेको छ।
यस बिच विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोनको बीएफ.७ प्रारूपलाई लिएर चेताउनी जारी गरेको छ। संगठनले भनेको छ, ओमिक्रोन बीएफ.७ प्रारूप तीव्र गतिमा कोरोनाको नयॉं संस्करणको सृजन गर्न सक्छ। ओमिक्रोन बीएफ.७ प्रारूपको रोकथाम चॉंडै नगरिए यसले सारा चीनलाई आफ्नो चपेटमा लिन सक्छ।