जीटीए प्रमुख अनित थापाकोनअखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समितिसित बैठक

IMG-20260323-WA0114

खरसाङ: अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सदस्यहरूसंग जीटीए प्रमुख कार्यपाल अनित कुमार थापाको सल्लाह परामर्श गरिएको जानकारी प्राप्त भएको छ।

विगत दिनमै उनले श्री भिमेश्वर मन्दिर प्रागणमा “नेवार भवन” निर्माण कार्य गर्न संगठन पक्षबाट विलम्ब भए एकै कारणले आजसम्म थाँतीमा रहेको जानकारी गराए। उनले भने, आगमी विधानसभा चुनावपछि यस विशेष काम लिएर कागजपत्र अघि बढाई कार्यमा परिणत गर्ने दायित्व हजुरहरूको हो। मेरो पक्षबाट सम्बन्धित कार्यसंग सम्पर्क गरिदिने काम मेरो रहन्छ। यसको साथै अब विलम्ब हुनु हुँदैन।

यस भेटघाट कार्यक्रममा अभानेस केन्द्रीय समिति अध्यक्ष भाजु सूर्य नारायण प्रधान एवं खरसाङ आञ्चलिक समितिका सदस्यहरूको उपस्थिति रहेका थिए भनी उक्त जानकारी अभानेस खरसाङ आञ्चलिक समितिका सह सचिव भाजु दिपक प्रधानले दिएका छन्।

About Author

Advertisement