दार्जिलिङ: सरकारले सिक्किम दार्जीलिङ एकीकरण नगरे दार्जीलिङ, कालेबुङ अनि डुवर्सलाई मिलाएर दक्षिण सिक्किम घोषणा गरिनु पर्ने माग गोर्खा राष्ट्रिय कांग्रेसले मांग गरेका छन्। अाज दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर सिक्किम दार्जीलिङ एकीकरण गरिनुपर्ने माग गर्दै आइरहेको गोर्खा राष्ट्रिय कांग्रेस (गोराकं) – ले सरकारले सिक्किम दार्जीलिङ एकीकरण नगरे दार्जीलिङ, कालेबुङ अनि डुवर्सलाई दक्षिण सिक्किम घोषणा गरिनुपर्ने माग गर्दै देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री अनि दार्जीलिङका सांसदलाई दशैं अघि पत्रचार गरिएको जानकारी गोरांकका संयोजक सुवोध पाखरिनले दिएका छन्। यस विषयमा उनले भने, सत्य र तथ्यमा आधारित राजनैतिक क्रियाकलापमा जानुपर्छ भनेर हामी यहाँ आएका हौं, एकीकरण गर्नु सिक्किम मान्छ कि मान्दैन ? त्यो दोस्रो कुरा हो। भारत सरकार मान्छ कि मान्दैन? त्यो ठूलो कुरा हो। सिक्किम नमाने के हुन्छ, त्यतिबेला आफ्नो अड़ान अनुसार सिक्किमलाई श्वेत पत्र माग्छौं। त्यतिबेला दार्जीलिङ हाम्रो होइन भनेर सिक्किमले दिनुपर्छ भनी बताएका छन्।