तोर्षा नदीमा डुबेर दुईजना युवकको मृत्यु

dead-body-Rep-Image-1

कालचिनी। तोर्षा नदीमा नुहाउन गएका दुईजना युवक क्रमैले उर्गेन शेर्पा (१७) र पर्बत लामा (१८) को मृत्यु भएको खबरले आज साँझ सम्पूर्ण जयगाउँमा शोकको लहर छाएको जान्नमा आएको छ। उक्त दुवै युवक आज तोर्षा नदीमा नुहाउन गएको थियो भने नदीको तेज बहावमा बग्दा दुवैको ज्यान गएको बताईएको छ।
दुवै युवकको शवलाई जयगाउँ मेचे बस्ती नजीक किनारी पुलिसले उद्धार गरेको र दुवै शवलाई आइतबार पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाईने पुलिस सुत्रले जनाएको छ।
दुवै युवक जयगाउँ डाँड़ागाउँ निवासी रहेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement