रंगमुक सिडर्समा बाँकी वेतनको मांग गर्दै श्रमिकहरूद्वारा गो स्लो कार्यक्रम जारी

IMG-20221011-WA0150.jpg

दार्जीलिङ: रंगमुक सिडर्स चिया बगानको श्रमिकहरूले प्रबन्धक समक्ष बाँकी रहेको रोजी र वेतन अविलम्ब दिनु पर्ने मांग गरेको छ।रंगमुक सिडर्स चिया बगानमा कार्यरत् श्रमिकहरूले विगतमा गरेको कामको रोजी र वेतन अविलम्ब दिनु पर्ने मांग गर्दै गो शो कार्यक्रमको आयोजना गर्दै आई रहेका छन्। यसै क्रममा आज पनि रगंमुक सिडर्स चिया बगानको श्रमिकहरूले गो स्लो कार्यक्रमको आयोजना गरेको छ। आयोजित कार्यक्रममा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको संयोजिका अन्जीता राई विशेष रूपमा उपस्थित रहेका थिए। गो स्लो कार्यक्रमको क्रममा रंगमुक सिडर्स चिया बगानको श्रमिकहरूले १० प्रतिशत पूजा बोनसको साटो हामीलाई बाँकी रहेको तीनवटा खर्च र वेतन दिएको भए धेरै राम्रो हुने थियो भन्ने प्रबन्धक समक्ष आफ्नो पक्ष राखेका छन्। नेता भनौदाहरूको कार्यहरूले गर्दा हामी श्रमिकहरूको यस्तो अवस्था भएको हो। त्यसकारण हामी श्रमिकहरू नै आज सडकमा ओर्लिन बाध्य भएको हौं भन्ने गुनासो पनि श्रमिकहरूले प्रबन्धकहरू समक्ष राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement