शेर्पा एसोसिएसन खरसाङद्वारा सभासदहरू श्याम शेर्पा र नुरी शेर्पालाई सम्बर्द्धना

IMG-20221011-WA0149.jpg

खरसाङ: शेर्पा एसोसिएसन खरसाङद्वारा २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टिको सभासद श्याम शेर्पा अनि टुङ्ग सन्तमेरिज समष्टिको सभासद नुरी शेर्पालाई एक कार्यक्रमबीच सम्बर्द्धना जनाउँदै बधाई अनि शुभकामना दिइएको छ। उक्त सम्बर्द्धना कार्यक्रमकाे आयोजना खरसाङको शेर्पा बस्तीमा रहेको सेडुप धार्गेलिङ शेर्पा गुम्बाकाे प्रेक्षागृहमा सम्पन्न गरिएको थियो। कार्यक्रमकाे अध्यक्षता शेर्पा एसोसिएसन खरसाङको अध्यक्ष दावा शेर्पाले गरेका थिए भने कार्यक्रमको सञ्चालन पासाङ लक्की शेर्पाले गरेकी थिइन् । कार्यक्रममा बधाई एवम् सम्बर्द्धना पत्र पासाङ शेर्पा महानदीद्वारा पठन गरिएको थियो। सभासदहरूलाई बधाई एवं सम्बर्द्धना पत्र सभापति दावा शेर्पा अनि सह सचिव नर्बु राजेन शेर्पाको बहुलीबाट प्रदान गरिएको थियो भने फूलको गुच्छा युवा समितिका पदाधिकारीहरू कर्म शेर्पा र सानु शेर्पाको बाहुलीबाट प्रदान गरिएको थियो। एसोसिएसनको पक्षबाट सभासदद्वयलाई विशेष बधाई टक्राउँदै सम्पूर्ण जीटीए क्षेत्रको लागि राम्रो र जनहितकाे कार्यहररू गरिदिने आग्रह गर्दै
शुभकामना दिइयो।
आफ्नो वक्तव्यमा सभासद् श्याम शेर्पा र नुरी शेर्पाले विशेष गरी युवाहरु सही बाटोमा हिड्नु पर्ने कुरामा जोड दिए कारण समाज, आफ्नो क्षेत्र, देश चलाउने युवाहरु नै हुन्छ। वर्तमानमा बेकारी समस्या सबै क्षेत्रमा रहेको छ भने सरकार पनि यस समस्याकाे समाधान गर्न सक्षम भएको छैन् यसैले युवाहरुले सरकारी नोकरीमा कोशिश गर्नुपर्छ साथै अन्य विकल्प पनि खोज्नुपर्छ। स्वनिर्भर हुने धेरै बाटोहरु छन् यसलाई अपनाउनुपर्छ जसले जीविका चलाउनु सकोस्।भविष्यमा गुम्बा अनि समाजलाई पनि सक्दो सहयोग गर्ने वचन दिएका छन्। कार्यक्रममा विशेष गरी समाजको प्रतिनिधिहरु, गुम्बा कमिटी र युवा एकाईका प्रतिनिधिहरु साथै लामा जनहरु टुल्कुला, लोपेनला, वरिष्ठ रिन्जी लामा , निमा लामा अन्य उपस्थित थिए। कार्यक्रमका सभापति दावा शेर्पाद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement