स्थानीयहरुद्वारा अग्निशमन केन्द्रको माग तीव्र
मङ्पु: मङ्पूको चौरास्तामा भएको भीषण आगलागीमा चारवटा घरहरु र एउटा दोकान जलेर नष्ट भएको छ भने एक महिला घाइते बनेकी छन्। उक्त आगलागीपछि स्थानीय बासिन्दाहरूले क्षेत्रमै अग्निशमन केन्द्र स्थापना गर्नुपर्ने माग तीव्र रूपमा उठाएका छन्।

स्थानीय व्यक्तिहरूका अनुसार यदि मङ्पूमै अग्निशमन केन्द्र भएको भए आगलागीबाट केही घरहरू जोगाउन सकिन्थ्यो। स्थानीयहरूले सम्बन्धित निकायसँग यथाशीघ्र मङ्पूमा अग्निशमन केन्द्र स्थापना गर्न माग गरेका छन्। यस आगलागीमा एकजना महिला रिना राई सामान्य रूपले घाइते भएको कारण रम्बी अस्पतालमा उपचार गरिरहेको मङपू पुलिसले जानकारी दिएका छन्। यस चारवटा घरहरुमा आगलागी हुँदा करोडौंको सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।

उक्त आगलागी रातिको समयमा भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीपछि आगो निभाउन कालीझोडास्थित एनएचपीसीबाट र कालेबुङबाट अग्निशमनको गाडी आएको बताइएको छ।









