नव जागरण च्यालेञ्ज ट्रफीः खोप्रेल सीबीएफसी र सौरेनी एफसी प्री-क्वार्टर फाइनलमा

IMG_20221011_180106.jpg

११ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा मंगलवार दोस्रो राउण्डको अन्तिम दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा खोप्रेल सीबीएफसी-ले बोडो एफसी-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा सौरेनी एफसी-ले पोख्रेबुंग राईडर्सलाई ३-२-ले पराजित गऱ्यो। बुधवारदेखि टुर्नामेण्टको प्री-क्वार्टर फाइनल चरण शुरु हुनेछ। भोलि खेलिने पहिलो म्याचमा पंखाबारी र मिरिक भिक्ट्री क्लबबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच नयाँकमान एफसी र अंकित स्पोर्टिंग क्लब (बुङकुलुंग)-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement