बालासन कप फूटबल टुर्नामेण्ट २२ अक्टोबरदेखि

IMG-20221011-WA0140.jpg

११ अक्टोबरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आउँदो २२ अक्टोबरदेखि बालासन कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा हुने यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिनेछ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। दुईवटा सेमिफाइनल ८ र १५ जनवरी २०२३-मा खेलिनेछ। यसरी नै फाइनल २२ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement