संगीतकार विनोद स्याङदेनको घर पुगे जीटीए चिफ् अनित थापा

IMG-20221011-WA0141.jpg

विनोद स्याङदेनको सालिग निर्माण गरिदिने आश्वासन

दार्जिलिङ: राङभाङ भेल्लीका प्रख्यात गायक एवम् संगीतकार विनोद स्याङदेनको निधनमा शोक प्रकट गर्न आज जीटीए प्रमुख अनित थापा स्वर्गीय विनोद स्याङदेनको वासस्थानमा पुगेका छन्। स्वार्गीय स्याङदेनको कला प्रतिभालाई सम्मान गर्दै यस ठाउँमा आइपुगेको उनले बताए। यस ठाउँमा स्वार्गीय विनोद स्याङदेनको सालिग पनि निर्माण गरिदिने उनले वचन दिएका छन्। पोख्रेबुङको बाटो हुँदै मंगरजोङ चियाबारी आइपुगेका थापालाई पार्टी समर्थक एवं कार्यकर्ताहरुले बाटोमा भव्य स्वागत सम्मान पनि जनाएका थिए।

आजको यस शोक सभामा नागरी धजेका सभासद एंव जीटीए सभाको स्पीकर अञ्जुल चौहान, पोख्रेबुङ चामोङका सभासद नोबल बम्जन लगायत अन्य प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement