तीनधारे र घैयाबारीमा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20260322-WA0058

तीनधारे: भारतीय गोर्खा प्रजान्त्रिक मोर्चा तीनधारे खण्ड समिति अन्तर्गत रहेको २५ बुथका मतदाताहरु साथै पार्टीका सदस्यहरुलाई लिएर बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय चुनाव कमिटी गठन गर्नलाई चुनावी सभा सम्पन्न भएको छ। उक्त सभा पुरण तामाङको अध्यक्षतामा र युवा शक्ति सम्मष्टीको सचिव संजीव मंगरले सञ्चालन गरेका थिए। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छैत्री, बिनयकुमार छेत्री, बिमल गुरुङ र खण्ड समितिको सचिव अनिल राईले सम्बोधन गरेका थिए। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको आयोजना अर्को सभा तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवनमा बुथ नम्बर २४८ र बुथ नम्बर २५० लाई लिएर सभा सम्पन्न भएको छ। सभामा बुथ स्तरीय चुनाव कमिटी गठन गर्नुको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई जिताउन आह्वान् गरिएको जानकारी प्राप्त भएको छ।
घैयाबारी: भागोप्रमो महानदी-तीनधारे समष्टि घैयाबारी २५७ बुथको चुनावी सभा भूतपूर्व सैनिक संगठनको सदस्य गणेश तामाङको अध्यक्षतामा २५७ बुथका ग्रामवासीहरुलाई लिएर सभा सम्पन्न गरियो। उक्त सभा विशेष आगमी विधानसभा चुनाव विषय लिएर राखिएको थियो। सभामा वक्ताहरुले यसपाली हाम्रो खरसाङ विधानसभा क्षेत्रका भागोप्रमोका उम्मेदवार अमर लामालाई भारी मत दिएर जिताउने विषय चर्चा गरियो।सभामा आउने दिनहरुमा यस बुथमा रहेको प्रत्येक गाउँमा गएर भोट प्रचार गर्नुपर्छ र यो बुथ भारी मतले जिताउनुपर्छ भनी वक्ताहरुले सुझाउ राखेका छन्। सभालाई चुनाव कमिटी २५७ बुथका प्रमुख संयोजक भीषण लामा, बुथ सचिव नवराज प्रधान,वरिष्ठ नागरिकबाट हरिबहादुर खाती, मणिकुमारखाती, भागोप्रमो युवा शक्तिका सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनका उप-प्रधान केवल राई, जीटीए कर्मचारी संगठनका सदस्य एंव २५७ बुथका युवा शक्तिका सचिव युवराज प्रधान आदिले सम्बोधन गरेका थिए। यसको साथै यस २५७ बुथमा विगत १७ मार्च चुनावी कमिटि गठन गरिएको थियो जसमा प्रमुख संयोजक भीषण लामा,सह- सयोजक दुर्गेश थामी,उदय छेत्री,दिनेश दर्जी,मौसमी रसाईली, कोषाध्यक्ष सकुन राई सह-कोषाध्यक्ष जीना तामाङ आदि लाई लिएर मोठ ३६ जनाको कमिटि गठन गरिएको थियो आज उक्त कमिटिद्वारा नै सभा सम्पन्न गरिएको भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ जानकारी गराएका छन्।

About Author

Advertisement