खरसाङ: अहिले पहाड़मा पर्यटन सिजन रहेको छ अनि यता खरसाङमा पनि पर्यटकहरू निक्कै बेसी देख्न थालिएको छ। खरसाङको विभिन्न पर्यटन क्षेत्रहरूमध्ये अहिले चर्चित अनि मुख्य आकर्षणको केन्द्र बनेको पर्यटकीय स्थल हो खरसाङको हनुमान डाँड़ा। खरसाङ बजारदेखि दुई तीन किलोमीटर टाड़ामा रहेको हनुमान डाँड़ा खरसाङका सबैभन्दा नयाँ पर्यटन स्थल हो अनि अहिले यहाँ सबैभन्दा बेसी पर्यटकहरू आउने गरेका छन्। हनुमान डाँड़ा वरिपरिबाट चियाबारीले घेरिएको सुन्दर ठाउँ हो भने यहाँबाट खरसाङ बजारको सुन्दर र रमणीय दृश्य देख्न सकिन्छ। यहाँको हनुमानको वृहत् मूर्तिसितै आई लभ खरसाङ लेखिएको सुन्दर ठाउँ रहेको छ। टाड़ा नजिकको पर्यटकहरू यहाँ आएर फोटो खिँच्न र सुन्दर मनोरम दृश्यहरू अवलोन गर्न रूचाउँछन्। त्यसैले हनुमान डाँड़ा अहिले खरसाङको मुख्य पर्यटकीय स्थलहरूमध्ये एक रहेको छ। खरसाङमा रहेको मुख्य पर्यटक स्थलहरू गिध्द पहाड़स्थित रक गार्डन भ्यु पोइन्ट, नेताजी म्युजियम, खरसाङको दुर्बिन डाँडास्थित इगल क्र्याग, डाउहिल पार्क, सन्त मेरिजको ग्रोटो, गिध्द पहाड़को माथिल्लो डाड़ामा रहेको सन राइज भ्यु पोइन्ट, चिमनी हेरिटेज गार्डन, हनुमान डाँड़ा आदि रहेका छन्। खरसाङ आउने पर्यटकहरूले मुख्य रुपमा यो हनुमान डाँड़ा घुम्न निक्कै बेसी रूचाएको देखिन्छ। यहाँ घुम्न आएका पर्यटकहरूले खुशी अनुभव गर्छन्। तर यहाँ मौसम सफा भएको बेला राम्रो भ्यु देख्न पाउँछन् पर्यटकहरूले नत्र फगी लागेको समय खरसाङ बजारको दृश्य देख्न पाउँदैनन्। खरसाङको हनुमान डाँड़ा घुम्न हावडाबाट आएका एकजना पर्यटक बासुदेव सन्यालले आफुहरू दार्जिलिङ घुम्न आएको र आज खरसाङ क्षेत्रको पर्यटकीय स्थल घुम्न आएको जुन धेरै राम्रो लागेको बताएका छन्। उनले खरसाङमा हनुमानको मूर्ति पनि खुबै राम्रो लागेको र यहाँ प्राकृतिक सुन्दर दृश्यहरू हेरेर धेरै राम्रो लागेको तर आज यहाँको मौसमले अलिक धोका दिएको बताएका छन्। बासुदेव सन्यालले अघि भने, ‘हामी तीनजना छौं र यसपाली हामी प्रथमपल्ट आएका छौं अनि भविष्यमा पनि हामी आउनेछौं र भविष्यमा फेरि आउनेछौं र भविष्यमा आउँदा मौसमले साथ दिनेछ भन्ने आशा रहेको छ। हामीलाई सबै पर्यटकीय स्थलहरू राम्रो लागेको तर ट्राफिक जामको समस्याले केही असुविधा बनाएको छ। जामको समस्या हटेर गएको खण्डमा सबै पर्यटकहरूलाई सुविधा हुनेछ।’
त्यसरी नै उत्तर पाँड़ा हुगलीबाट आएका अरिन्दम रोय नामक एकजना पर्यटकले खरसाङमा रहेको विभिन्न पर्यटकीय स्थलहरू घुमेको जुन धेरै राम्रो लागेको अनि गिध्देमा रहेको नेताजी म्युजियम सबैभन्दा राम्रो लागेको बताएका छन्। उनले खरसाङको हनुमान डाँड़ा साह्रै राम्रो लागेको तर मौसमले भने हामीलाई धोका दिएको बताएका छन्। उनले खरसाङको सबै पर्यटकीय स्थलहरू राम्रो लागेको तर खरसाङ बजार निक्कै साँघुरिएर गएकोले समस्या भएको र ट्राफिक व्यवस्था व्यवस्थित भएर जाम नभए धेरै राम्रो हुने बताएका छन्। त्यसरी नै हनुमान डाँड़ामा हनुमानको सानो मन्दिर पनि रहेका छन्। उक्त मन्दिरमा एकजना पुजारी बस्ने गरिएको देखिएको छ। मानिसहरू हनुमानको मूर्ति परिसरमा आएर मनोरम दृश्यहरू अवलोकन गर्दै फोटो खिँच्दै मन्दिरमा पनि पूजा गर्ने गरेको बताएका छन्।