बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा आयुष स्वास्थ्य केन्द्रको उद्घाटन

IMG_20221011_161143.jpg

सिलगढी: पश्चिम बंगाल राज्य सरकारको निर्देशमा दार्जिलिङ जिल्लाको प्रत्येक ब्लकमा होमोप्याथी र एलोप्याथीको उपचारसहित मानिसहरूलाई जागरूक गराउनका लागि आदर्श आयुष स्वास्थ्य केन्द्र स्थापित गरिएको छ। यसै क्रममा आज बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले आदर्श आयुष स्वास्थ्य केन्द्रको उद्घाटन गरे। यस अवधि जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिक, नक्सलबारी ब्लक स्वास्थ्य अधिकारी डा. कुन्तल घोष, डीएमओ आयुष पार्थ प्रतिम पाल लगायत अन्य उपस्थित थिए। आयुष स्वास्थ्य केन्द्र वाहेक यहाँ आयुष गार्डन पनि बनाइएको छ। यसवाहेक अब चाँडै एउटा योग केन्द्र पनि खोलिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement