तृणमूल कांग्रेसको घोषणापत्र सार्वजनिक, ‘दुआरे चिकित्सा’ र महिला सहायता वृद्धि गर्ने प्रतिबद्धता

FB_IMG_1774022464883

कोलकाता: तृणमूल कांग्रेस ले पश्चिम बंगाल विधानसभा निर्वाचनका लागि शुक्रबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कल्याणकारी योजनाको विस्तार, स्वास्थ्य सेवाको पहुँच सुदृढीकरण र पूर्वाधार विकाससँग सम्बन्धित १० प्रमुख प्रतिबद्धता समेटिएका छन्।
घोषणापत्र सार्वजनिक गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले आफ्नो पार्टी चौथो पटक सत्तामा फर्किएमा यी ‘१० प्रतिज्ञा’ सरकारले अघि बढ्ने मार्गदर्शक बन्ने बताइन्। उनले भनिन्, “म सम्मानपूर्वक आगामी पाँच वर्षका लागि हाम्रो सरकारको यात्रालाई दिशा दिने १० प्रतिज्ञा प्रस्तुत गर्दछु।”
घोषणापत्रको मुख्य आकर्षण ‘दुआरे चिकित्सा’ योजना हो, जसअन्तर्गत प्रत्येक वर्ष हरेक ब्लक र सहरमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यसबाट घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।
यसैगरी, महिलाका लागि सञ्चालन भइरहेको ‘लक्ष्मी भण्डार’ योजनाअन्तर्गत प्रदान गरिने आर्थिक सहायता वृद्धि गर्ने पनि घोषणा गरिएको छ। नयाँ प्रस्तावअनुसार सामान्य वर्गका महिलाले मासिक १,५०० रुपैयाँ र अनुसूचित जाति तथा जनजातिका महिलाले १,७०० रुपैयाँ प्रत्यक्ष हस्तान्तरणमार्फत पाउनेछन्।
मुख्यमन्त्री बनर्जीले महिलाको सशक्तीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै घोषणापत्रका प्रतिबद्धताले विकासलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “यी योजनाले बंगालका हरेक घरमा समृद्धि र खुशी छाउने छ ।

About Author

Advertisement