स्व. बिनोद स्याङदेनको निधनमा शोक प्रकट गर्न पुगे उनकै घर जिटिए प्रमुख अनित थापा‌

दार्जीलिङ: विनोद स्याङदेन राङभाङ भेल्लीका प्रख्यात गायक औ संगीतकार थिए। उनको निधनले शोकको लहर छाएको थियो‌।उनको निधनमा शोक प्रकट गर्न आज जिटिए प्रमुख अनित थापा उनको वासस्थानमा पुगेका छन्। स्वार्गीय स्याङदेनको कला प्रतिभालाई सम्मान गर्दै यस ठाउँमा आइपुगेको उनले बताए। यस ठाउँमा स्वार्गीय विनोद स्याङदेनको सालिग पनि निर्माण गरिदिने उनले बचन दिएका छन्। पोख्रेबुङको बाटो हुँदै मंगरजोङ चियाबारी आइपुगेका थापालाई पार्टी समर्थक एवं कार्यकर्ताहरुले बाटोमा भव्य स्वागत सम्मान पनि जनाएका थिए। आजको यस शोक सभामा नागरी धजेका जिटिए सभा स्पीकर
अञ्जुल चौहान, पोख्रेबुङ चामोङका सभासद नोबल बम्जन लगायत अन्य प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement