वर्ल्ड कप अघि टीम फर्ममा फर्किने विषयमा आशावादी प्रशिक्षक क्रेग फुल्टन

IMG-20260320-WA0002

नयाँ दिल्ली: लगातार हारले जर्जरित भारतीय पुरुष हकी टीमका प्रशिक्षक क्रेग फुल्टनले यस सालको अन्तमा हुने एफआईएच वर्ल्ड कपमा शक्तिशाली प्रतिद्वन्द्वीहरूविरुद्ध विशेष अनि विस्तृत रणनीति तयार गर्ने बताएका छन्। यसको साथमा उनले गत केही समयदेखि खराब प्रदर्शन गरिरहेको टीमको हौसला बढ़ाउँदै उनीहरू सही समयमा फर्ममा फर्किने बताए। भारतले यस सत्रमा केवल एउटा म्याच जितेको छ। नीदरल्याण्ड र बेल्जियममा १५ अगस्तदेखि शुरु हुने वर्ल्ड कपमा पूल डी-मा भारतसँग शक्तिशाली ईंग्ल्याण्ड, वेल्स र चीरप्रतिद्वन्द्वी पाकिस्तान रहेको छ। फुल्टनले भनेका छन्, हामी आफ्नो रणनीति, दबाउ सृष्टि गर्ने र आफ्नो गोल गर्ने क्षमतामाथि कठोर मेहनत गर्नेछौं। यी सब कुराहरूले नै यस स्तरको म्याचहरूमा नतीजा तय गर्छ। यस पूलमा सामेल हरेक विरोधी टीमको आफ्नो अलग-अलग ताकत छ। यसैकारण हाम्रो तयारी हरेक टीमको हिसाबले खास अनि विस्तृत हुनेछ। आउँदो केही महिना हाम्रो निम्ति महत्त्वपूर्ण हुनेछ कारण हामी सही समयमा आफ्नो फर्म हासिल गर्न चाहन्छौं। पूल डी-मा भारतको पहिलो म्याच १५ अगस्तमा वेल्सविरुद्ध रहेको छ। त्यसपछि टीमले १७ अगस्तमा ईंग्ल्याण्ड र १९ अगस्तमा पाकिस्तानविरुद्ध खेल्नेछ। फुल्टनले भने, हाम्रो ग्रुप मजबूत छ तर वर्ल्ड कपमा हामी सर्वश्रेष्ठ टीमहरूविरुद्ध नै खेल्न चाहन्छौं। टीमको शिविरमा अहिले खेलाड़ीहरू प्रेरित र जोशले भरिएका छन्।

About Author

Advertisement