डाबग्राम–फुलबारी विधानसभा क्षेत्र: टीएमसी उम्मेदवार रञ्जन सिल शर्माले भाजपा उम्मेदवार शिखा चट्टोपाध्यायको घरमा भेट

Screenshot_20260320_000354_Facebook

सिलगढी: डाबग्राम–फुलबारी विधानसभा क्षेत्रका तृणमूल कांग्रेस (टीएमसी) का उम्मेदवार रञ्जन सिल शर्माले बिहीबार बिहान भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार शिखा चट्टोपाध्यायको निवासमा पुगेर भेट गरेका छन्। उनले फूल र मिठाई लिएर शिष्टाचार भेट गरेका थिए।
राजनीतिक जीवनको सुरुवात शिखा चट्टोपाध्यायको मार्गदर्शनमा गरेका र केही समय उनका घरमै बसेका रञ्जनले अभियानका लागि निस्कनुअघि उनको खुट्टा छोएर आशीर्वाद लिएका थिए। उनले शिखालाई आफ्नो जीवनमा आमाजस्तै व्यक्तित्व भएको बताए।
डाबग्राम–फुलबारीकी विधायक तथा उक्त क्षेत्रबाट भाजपा उम्मेदवार शिखा चट्टोपाध्यायले पनि उनको भेटलाई स्वागत गर्दै शुभकामना आदानप्रदान गरिन्। उनले देशको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो चुनाव ‘धर्म र अधर्मबीचको लडाइँ’ जस्तै रहेको टिप्पणी गरिन्।
रञ्जन सिल शर्माले भने व्यक्तिगत सम्बन्ध र राजनीतिक प्रतिस्पर्धा फरक कुरा भएको बताउँदै आफूहरू फरक–फरक राजनीतिक विचारधारासँग आबद्ध रहेको उल्लेख गरे।

About Author

Advertisement