बागडोग्रामा चुनाव प्रचार कार्यालय उद्घाटनमा भाजपा द्वारा टीएमसीमाथि कडा प्रहार

FB_IMG_1773945977362

बागडोग्रा: मतिगढा–नक्सलबारी विधानसभा क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। यसै क्रममा भारतीय जनता पार्टीले बागडोग्राको गोसाइँपुर क्षेत्रमा आफ्नो प्रचार कार्यालय उद्घाटन गरेको छ। उक्त कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट र पार्टीका उम्मेदवार आनन्दमय बर्मन उपस्थित थिए।
उद्घाटन समारोहमा सांसद राजु बिष्टले तृणमूल कांग्रेसमाथि कडा प्रहार गर्दै राज्य सरकारलाई “कोरोनाभाइरस”को संज्ञा दिए। उनले पछिल्ला १५ वर्षमा खराब शासन र दमनका कारण पश्चिम बंगालका जनताले धेरै दुःख भोग्नुपरेको आरोप लगाए। साथै उनले अब मतदाताहरू यो “भाइरस” हटाउन दृढ रहेको दाबी गरे।
मतिगढा–नक्सलबारीबाट भारतीय जनता पार्टीका उम्मेदवार आनन्दमय बर्मनले पार्टी निरन्तर जनतामाझ पुगेर उनीहरूको समस्या सुन्दै आएको बताए। उनले जनताले परिवर्तन चाहेको र आगामी चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने दाबी गरे।

About Author

Advertisement