प्रेरणा भुजेल, शोधार्थी
उत्तर बङ्गाल विश्वविद्यालय
मच्छर संसारको घातक प्राणीहरु मध्ये एक हो। यसलाई लामखुट्टे पनि भन्ने गरिन्छ । यसको आवाजले मात्र पनि वाक्क लाग्ने गर्दछ भने यसले विभिन्न प्राणघातक रोगहरू जस्तै डेङ्गु, मलेरिया, हात्तीपाइले, चिकनगुनिया, जापानीज इन्सेफलाइटिस, इत्यादि सार्ने गर्दछ जसले गर्दा संसारभरि नै सालानी लाखौं मान्छेहरू मर्ने गर्दछन् । संसारमा ३५००भन्दा धेरै प्रजातिका मच्छरहरु पाइन्छ। तर यी मध्य गिनेचुनेकाले मात्रै रोग फैलाउने काम गर्दछ र त्यो पनि पोथी मच्छरले मात्रै । मच्छरका तीन प्रजाति एडिस, क्युलेक्सर एनोफिलिसले विशेष रोगसार्ने काम गर्दछ । यिनीहरूमा देखिने भिन्नता यसप्रकार छन्:
एडिस: पखेटामा सेतो र कालोदाग मिसिएर छिर्केमिर्के हुन्छ । यसले दिनमा टोक्ने गर्दछ । यसले कुनै पनि फ्याकिएको भॉंडा कुडा, रुखको टोड्का, गमला, नरिवलका खोल, थुपारेको गाडीको टायर, इत्यादिमा जमेको पानीमा अण्डा पार्दछ । यसको अण्डा अलग अलग पारिएको हुन्छ । यसले डेङ्गु, चिकन गुनिया, येल्लोफिभर र जिकाभाइरस सार्ने गर्दछ ।
क्युलेक्स: पखेटा पारदर्शी हुन्छ । यसले बिहानै र विशेष राति टोक्ने गर्दछ । यसले फोहोर पानी जस्तै नाली, खुल्लासेप्टिक ट्यांक, दलदल, इत्यादिमा अण्डा पार्ने गर्दछ । एकसाथ १००-३०० अण्डा जोड़िएर नौका आकारको देखिन्छ। यसले हात्ती पाइले,जापानीज इन्सेफलाइटिस, पश्चिमनाइल भाइरस जस्तारोग सार्ने गर्दछ ।
एनोफिलिस: यसको पखेटामा फिक्का र गाढादाग मिस्रित हुन्छ । यसले बिहान र साँझमा टोक्ने गर्दछ । यसले सफा पानी जस्तै सिमेन्ट गरिएको पानीट्याङ्की, धानखेततिर जमिएको पानी, कुवा, खाल्डा, इत्यादिमा अण्डा पार्दछ । यसको अण्डा एक्लै एक्लै पारिएको हुन्छ । यसले मलेरिया सार्ने गर्दछ । मच्छरको चार जीवन चरणहरू (लाइफस्टेजेस) हुन्छ : अण्डा, लार्भा (चारइनस्टारहरू), प्युपाअनिवयस्क (एडल्ड)। यसको प्राय जीवनचक्र (लाइफसाइकल) पानीमा नैबित्ने गर्दछ । एउटा मच्छरले आफ्नो जीवन कालमा ४ पटकसम्म अण्डा पार्न सक्छ र हरेक पल्ट कम सेकम १००अण्डा पारेको हुन्छ । यसकारण एउटैमच्छरले कम्तीमा ४००अण्डा पार्दछ र नै यसलाई नियन्त्रण गर्नमुस्किल पर्नगएको पनि हो । मच्छरको जीवन चक्रको पहिलो अवस्था अण्डा हो । एडिसको अण्डा चाहिँ १-२ हप्तासम्म पनि पानी बिना बाँच्नसक्छ कारण उनीहरूमा एण्टीडेसिकेशन गुण हुन्छ । क्युलेक्सर एनोफिलिसको अण्डा चाहिँ १-२ दिन भित्रमा नै ह्याच भईसके कोहुनु पर्दछ । अण्डाबाट लार्भा निस्किन्छ जो निकै खन्चुवा हुन्छ । प्रत्येक लार्भाको फराकिलो छाती (थोर्यसक) हुन्छ जसमा टाउको र पेटजोडिएको हुन्छ ।टाउकोमा दुइटा मिस्रित आँखा हुन्छ भनेपेटको अन्त्यतिर सासफेर्ने साइफन हुन्छ। यही साइफन छोटो भएको कारण एनोफिलिसको लार्भा पानीको सतहसँग समान्तर भई बस्छ भने एडिसरक्युलेक्सको चाहिँ अलि कलामो साइफ नहुनाले पानीको सतहसँग कोणबनाई बस्छ । लार्भा भित्रनै चारवटा चरण (इनस्टारहरू) हुन्छ । उचित खाना, तापक्रम र मौसम अनुसार यिनीहरू पहिलो,दोस्रो,तेस्रो गर्दै चौथो लार्भा लइनस्टा र पछि प्युपामा परिणत हुन्छ । मच्छरको प्युपा चञ्चले हुन्छ र पौडिनु पनि सक्छ तर केही खॉंदैन| प्युपाको ठूलो टाउको हुन्छ अनि छाती जोडिएको हुन्छ भने पेट चाहिँ घुमाउरो हुन्छ । यसले पनि साइफनको मद्दतले सास फेर्छ। प्युपा अवस्थाको अन्त्यमा प्युपाको खोलबाट पूर्णविकसित मच्छर निस्कन्छ ।निस्किएको २८ घण्टा पछि नै पोथीमच्छर प्रजननको लागि तयार हुन्छ। पोथी मच्छरले भालेमच्छर सँगको संसर्ग पछि अण्डा पार्छ रजीवन चक्र फेरि चालू हुन्छ। मच्छरलाई खासमा चाहिँ अण्डाको विकास गर्नको लागि प्रोटिन चाहिन्छ र यो उसले विभिन्न पशु पन्छीको खुनबाट प्राप्त गर्दछ। यसैले केवल पोथी मच्छरले मात्रै टोक्ने गर्दछ। अन्य समयमा उनीहरू फलफूलहरूको रस पिउने गर्दछन। खूनचुस्ने क्रममा नैउ नीहरूले आफूमा भएको भाइरस,परजीवी तथा किरा (फिलारियालवार्म) सार्ने गर्दछन्। मच्छरको आयुभालेको ५-६ दिन अनिपोथीको चाहिँ १-२ महिना हुनेगर्दछ। क्युलेक्स मच्छर सालभरी नै पाइन्छ भने एडिस र एनोफिलिस मच्छर चाहिँ अप्रिल देखि अक्टोबर मा देखिन्छन् । बॉंकि समयमा यिनीहरु शीतनिन्द्रामा हुन्छन्।
मच्छरबाट बाच्ने उपाय:
१.आफ्नो घर वरिपरि साफ सफाई गर्नु पर्छु कुनै पनि फ्याकिएको भॉंडा कुँडा फुटेको सामान, फूलको गमला इत्यादिमा पानी जम्न दिनहुँदैन।
२. मच्छरको जीवन चक्रनै पानीमा भरपर्ने हुनाले थुपारेर राखिएको पानीलाई खुल्ला छोड्नुहुँदैन र राम्ररी ढाकछोप गरेर राख्नुपर्छ ।
३. कालो र गाढारङ्गको लुगामा मच्छर आकर्षित हुन्छन।यसकारण हल्का रङ्गको लुगालगाएको राम्रो विशेषगरी सॉंझको समयमा । लामो अनिशरीर ढाक्ने लुगाले पनि केही हदसम्म मच्छरको टोकाइबाट बचाउँछ।
४. खिड्की र दैलोमा मसिनो जाली साथै राती सुत्दा मच्छरदानीको प्रयोग गर्नुपर्दछ ।
५. सकेसम्म कीटनाशक, मच्छर भगाउने धूप र कोयलको प्रयोग कम्ती गरिएको ठीक हुन्छ कारण यिनीहरूप्रति मच्छरको प्रतिरोध क्षमता दिनहुँ बढ्दै गएको पाइन्छ । अहिले एडिस मच्छरको प्रजनन मौसम भएको कारण नै दार्जिलिङ, कालेबुङ, सिलिगुडी साथै डुवर्समा डेङ्गु केसहरु बढेको हुनाले हामी सतर्क हुनु पर्दछ र बिशेष मच्छरको बासस्थान नष्ट गर्नु पर्छ। मच्छरलाई व्यवस्थापन गर्न सके मात्रै यसले सार्ने रोगहरुलाई नियन्त्रण गर्न सकिन्छ।