खरसाङबाट भाजपा उम्मेद्वार सोनाम लामा

IMG-20260319-WA0092

खरसाङ: विभिन्न अड्कलबाजीहरु माझमा अन्तत: भारतीय जनता पार्टीले खरसाङबाट खरसाङ निवासी सोनाम लामालाई खरसाङ विधानसभा समष्टिको लागि उम्मेद्वार बनाएको छ। सोनाम लामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाको महासचिव हुन्। उनले आफ्नो राजनैतिक यात्रा बिमल गुरुङको समयमा विद्यार्थी मोर्चाको लिडरको रुपमा शुरु गरेर २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने पछिबाट भारतीय जनता पार्टीमा सामेल भएका थिए। उनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव रहेका थिए भने केही समय अघि दार्जिलिङ जिल्ला महासचिवको रूपमा रहेका छन्। यसपाली खरसाङ विधानसभा समष्टि सबैको नजरमा रहेको थियो भने भाजपाले खरसाङ विधानसभा समष्टिबाट कसलाई टिकट दिने भन्ने विषयमा जिज्ञासाको विषय बनेको थियो भने उम्मेद्वार घोषणा हुन अघि विभिन्न व्यक्तिहरुको नामको हल्ला चल्दै थियो भने सोनाम‌ लामाको नाम पनि थियो। अन्ततः भारतीय जनता पार्टीले खरसाङ विधानसभा चुनावको निम्ति आफ्नो पार्टीकै दार्जिलिङ जिल्ला महासचिव साथै खरसाङ निवासी सोनाम लामालाई नै आफ्नो प्रार्थी बनाएको छ।

About Author

Advertisement