नारी शक्ति खरसाङ टाउन कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20260319-WA0091

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी नारी शक्तिलाई विस्तार गर्न हेतु खरसाङ महकुमा कार्यालयमा महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीकोे अध्यक्षतामा सभा सम्पन्न भयो। सभाको सञ्चालन टाउन कमिटीकी अध्यक्ष देवकी सुब्बा प्रधानले गरेकी थिइन्।सभामा वक्तव्य राख्ने क्रममा केन्द्रीय समिति नारी शक्तिका अध्यक्षा अनु छेत्री प्रधानले सांगठनिक सुझाव राखिन् भने विपक्षी राजनैतिक पार्टीलाई त्याग गरी भागोप्रमोमा सामेल भएका नव नियुक्त टाउन कमिटी नारी शक्तिका कार्यकारीणी सदस्य वार्ड नम्बर १६ निवासी शितल रसाइलीले विपक्ष पार्टीमा रहँदाकाे अनुभव साथै पहाड़कोे सत्ताधारी पार्टीकोे अध्यक्ष अनित थापाको कार्यशैली, पारदर्शी सोचलाई तुलनात्मक रूपमा राखी सभामा वक्तव्य राखे भने सभाकाे मध्यममा खरसाङ नगरपालिकाका वार्ड नम्बर एकदेखि बीससम्मबाट ५७ जना नारीहरूलाई टाउन कमिटीकोे विभिन्न पद खदा लगाएर स्वागतसँगै नियुक्त पत्र दिएर अभिभारा सुम्पेका छन्। खरसाङ टाउन कमिटी नारी शक्तिद्वारा राखिएको सभामा केन्द्रीय समिति सदस्य जैतून निशा खातुन, केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीर दीप ब्लोन, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, २८ नम्बर चिम्नी देउराली समष्टिका अध्यक्ष सुष्मा मुखिया, टाउन कमिटी नारी शक्तिका उपाध्यक्ष नीतु गुरूङ, सह सचिव सरिता मुखिया अनि कार्यकारीणी सदस्य अनु राई सुव्बा उपस्थित थिए।

About Author

Advertisement