गर्ल्स फूटबल टुर्नामेण्टमा रेलिंग एफसी विजयी

IMG_20221010_231810.jpg

११ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्ट आइतवार, ९ अक्टोबरदेखि शुरु भयो। टुर्नामेण्टको उद्घाटन म्याचमा रेलिंग एफसीले सिलगढ़ी एफसी-लाई पेनल्टी शूट-आउटमा ४-१-ले पराजित गऱ्यो। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको अघिल्लो म्याच शनिवार खेलिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement