सिक्किमको लागि सबै एकबद्ध बन्ने एसडीएफको अपील

photocollage_2022528233625334.jpg

गान्तोक। एसकेएम सरकारको अत्याचार भ्रष्टाचार र झुटको प्रतिवादमा गत २७ मई २०२२ को दिन सिक्किमेली आम जनगणले उत्साहपूर्वक भाग लिएर एसकेएम सरकारको तीन वर्षको असफल कार्यकाललाई धोका दिवसको रुपमा पालन गरेकोमा एसडीएफ पार्टीले सम्पूर्ण जनताप्रति आभार प्रकट गरेको छ। प्रजातान्त्रिक पद्धतिमा सरकारका राम्रा कुराहरूको प्रसंसा र जनविरोधि कुराहरूको विरोध गर्ने जनताको संवैधानिक अधिकार हो भनी एसडीएफले जनाएको छ। यो अधिकारलाई प्रयोग गरेर धोका दिवसमा निडरताका साथ प्रजातान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै सहभागी हुने सम्पुर्ण जनगणनालाई एसडीएफ पार्टीले धन्यवाद ज्ञापन गरेको हो। आफ्नो माटोको रक्षा, भविष्यको सुरक्षा र सिक्किमेली जनताले प्राप्त गरेका विशेष संवैधानिक अधिकारको लागि जनता प्रजातन्त प्रेमी जनगणले देखाएको अदम्य साहस, त्याग र समर्पणभावलाई एसडीएफ पार्टीले अत्यन्त गम्भीरताका साथ आत्मासात गरी सधै सिक्किमेली जनताको पक्षमा दृढतापूर्वक उभिने प्रण गरेको उल्लेख छ। सदैव प्रजातन्त्रको रक्षा, शासनको निष्पक्षता र न्यायका पक्षमा प्रजातन्त्रलाई जिवन्त राख्न लडिरहने जनाएको छ। जनताको सचेतना र एकतामा नै प्रजातन्त्र जिवन्त बन्दछ अनि आफ्ना हक र अधिकारका लागि लडिएका संघर्षबाटनै आफ्नो हक प्राप्त गर्ने भएकाले प्रजातान्त्रिक लडाइ सिक्किमको प्रजातान्त्रिक इतिहासमा अमर भएर रहने ठहर पनि एसडीएफको छ। धोका दिवस पालन कार्यक्रमलाई व्यापक रूपमा प्रचार-प्रसार गरिदिने प्रिन्ट, इलोकट्रोनिक तथा डिजिटल मिडियाहरूप्रति एसडीएफ पार्टीले आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement