युवाहरूलाई खेलको साथमा पढ़ाईमा पनि ध्यान दिने पीभी सिन्धूको सल्लाह

IMG-20260318-WA0102

गुरुग्राम: दुईपल्टकी ओलम्पिक पदक विजेता भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धूले युवाहरूलाई सन्देश दिँदै खेलको साथमा शिक्षामाथि ध्यान दिनु पनि जरूरी रहेको बताइन्। गुरुग्राममा एउटा कार्यक्रममा उनले केवल खेलमाथि निर्भर रहनु जोखिमपूर्ण हुनसक्ने बताइन्। सिन्धूले आफ्नो अनुभव साझा गर्दै भनिन्, तपाईं पूरा जीवन खेल्न सक्नु हुन्न। एउटा समयमा पुगेर तपाईं रिटायर हुनु पर्छ तर शिक्षा सदा तपाईंसँग रहन्छ। उनले खेल करियर सीमित रहने जबकि पढ़ाई जीवनभरि काममा लाग्ने पनि भनिन्। सिन्धूले पढ़ाई र खेललाई एकसाथ लिएर अघि बढ़ने अपील गरिन्। उनले भनिन्, कोही पनि सुनको चम्ची लिएर जन्मिँदैनन्। मेहनत पढ़ाईमा पनि जरूरी छ अनि खेलमा पनि। दुवै बराबर महत्त्वपूर्ण छ। म आफैले पनि एमबीए गरेकी छु अनि ट्रेनिंगको साथ पढ़ाई गर्नु सजिलो थिएन। सिन्धूले खेलमा कुनै पनि समय चोट लाग्न सक्छ अनि त्यसले करियर समाप्त गर्न सक्ने बताइन्। उनले भनिन्, खेलकुद धेरै जोखिमपूर्ण हुन्छ। कहिले चोट लाग्नेछ भन्ने थाहा हुँदैन। त्यस समय तपाईं जीवनको निम्ति तयार रहनु पर्छ। यसरी सिन्धूले युवा खेलाड़ीहरूलाई पढ़ाईलाई गम्भीरतापूर्वक लिने सल्लाह दिइन्।
सिन्धूले २०१५-को आफ्नो अनुभव साझा गरिन्, जब उनको खुट्टामा स्ट्रेस फ्र्याक्चर भएको थियो। त्यस चोटले गर्दा उनी ६ महिनासम्म खेलबाट बाहिर रहेकी थिइन् अनि २०१६ ओलम्पिक अघि उनले निक्कै मुश्किलहरूको सामना गर्नु परेकी थियो। उनले भनिन्, त्यस समय मेरो मनमा के म फेरि खेल्न सक्नेछु या छुइन भन्ने प्रश्न थियो। उल्लेखनीय छ, सिन्धूले त्यस चोटपछि असाधारण पुनरागमन गर्दै २०१६ रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। सिन्धूले आफ्ना प्रशिक्षक पुलेला गोपीचन्दको कुराहरूमा सहमति जनाइन्, जसले खेलाड़ीहरूलाई पढ़ाईलाई प्राथमिकता दिने सल्लाह दिन्छनन्। सिन्धूले खेल र शिक्षाको सन्तुलनलाई नै सफलताको चाबी बताइन्।

About Author

Advertisement