दिपावली कपः रेड हर्स इलाम सेमिफाइनलमा

IMG_20221010_195213.jpg

१० अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा सोमवार रेड हर्स इलाम (नेपाल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा रेड हर्स इलामले सिक्किमको चाइल्डहुड एफसी (नाम्ची)-लाई ३-२-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका विशाल राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement