मुम्बई: कंगना रनौतको फिल्म ‘धाकड’ रिलिज भएको ९ दिन बितिसकेको छ। यो फिल्मको कमाई दिनप्रतिदिन खस्किँदै गइरहेको छ। यसैबीच, अब ‘धाकड’ को आठौं दिनको सङ्ग्रह सार्वजनिक भएको छ। यो फिल्मले आठ दिनमा खासै कमाई गर्न सकेको छैन, तर आठौं दिनको कमाईले सबै सीमा पार गरेको छ। रिपोर्टलाई विश्वास गर्ने हो भने, ‘धाकड’ ले २७ मई शुक्रबार बक्स अफिसमा २० टिकट मात्रै बिक्री गरेको थियो। यो दिन फिल्मले ४४२० रुपियाँ मात्रै कमाएको थियो। ‘धाकड’का कारण कंगना रनौतले पनि ट्रोलको सामना गरिरहेकी छिन्। कंगनाले अहिलेसम्म लगातार ९ फ्लप फिल्म दिएकी छिन्।
फिल्मको बजेटको कुरा गर्दा ८० देखि ९० करोडको लागतमा फिल्म बनेको छ। बलिउड हंगामाको खबरका अनुसार यो फिल्मका निर्मातालाई ओटीटी र स्याटेलाइट राइट बेच्न पनि कठिनाइ भइरहेको छ। फिल्मका निर्माताहरूले रिलिजअघि यी अधिकारहरू बिक्री गरेका छैनन्। फिल्म निकै हिट हुने र पछि सम्झौता भए फाइदा हुने निर्माताहरुले सोचेका थिए। यस्तो अवस्थामा अहिले फिल्मको कमाइ कमजोर देखेर कोही पनि किन्न तयार छैनन्।