बस–ट्रक उद्योगका समस्यामाथि छलफल
नयाँ दिल्ली: संसद भवन परिसरमा विपक्षी नेता राहुल गान्धी र कांग्रेस नेतृ प्रियंका गान्धी वाड्रा ले केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरी सँग भेट गरेका छन्।
बुधबार बिहान राजस्थानबाट आएका बस तथा ट्रक बडी निर्माता प्रतिनिधिमण्डलले आफ्ना समस्याहरू लिएर राहुल गान्धीसँग भेट गरेको थियो। उनीहरूले नयाँ नियम तथा नीतिगत व्यवस्थाका कारण व्यवसायमा परेको कठिनाइबारे जानकारी गराएका थिए।
त्यसपछि राहुल र प्रियंकाले प्रतिनिधिमण्डललाई साथमा लिएर गडकरीसँग भेट गरी समाधान खोज्ने प्रयास गरेका छन्।
बैठकमा उद्योगसँग सम्बन्धित नियम, सम्भावित परिवर्तन र त्यसको व्यवसायमा परेको प्रभावबारे छलफल भएको थियो।









