जीटीए चिफ् र मालिकको बैठकमा चिया श्रमिकहरूमाथि गुल्चे गरेको छ: डीके गुरूङ

IMG-20221010-WA0138.jpg

दार्जीलिङ: जीटीए चिफ् र बगान मालिकहरूको बैठकमा चिया श्रमिकहरूसँग गुल्चे गरेको आरोप हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबासी श्रमिक संघले लगाएको छ। शहरको माल रोडस्थित हाम्रो पार्टीको कार्यालयमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको बैठक सम्पन्न भयो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले दशै अधि जीटीए चिफ् अनित थापा र कञ्चन भ्यु चिया बगानको मालिकबीच बैठक भएको अनि उक्त बैठकमा कञ्चन भ्यु चिया बगानको मालिकले श्रमिकहरूलाई एक मुष्ठमा २० प्रतिशत पूजा बोनस दिने वचन दिएको जानकारी गराएका थिए। कञ्चन भ्यु चिया बगानको श्रमिकहरूले २० प्रतिशत पूजा बोनस पाउने भए भनेर हामी पनि खुशी भएका थियो तर कञ्चन भ्यु चिया बगानको श्रमिकहरूले केवल ५ हजार रूपियाँको दरले पूजा बोनस पाएको हामीलाई स्थानीय श्रमिकहरूले अवगत गराएको छ भन्ने उनले बताए। अध्यक्ष गुरूङले अघि भने कञ्चन भ्यु चिया बगानमा कार्यरत् श्रमिकहरूको दैनिक उपस्थिति देखाएर ५ हजार रूपियाँ पाएको हो भन्ने बगान प्रबन्धक पक्षले बताउने गरेको तर दैनिक उपस्थितिको रेजिस्ट्रर हेर्न मांग्दा कोलकता हेड अफिसमा रहेको छ भन्ने बताउने गरेको पनि उनले बताए। बगानमा कार्यरत् स्टाफ सप स्टाफहरूले पनि श्रमिकहरूले जति नै पूजा बोनस पाएको अध्यक्ष गुरूङले बताउँदै स्टाफ सप स्टाफहरूको सिलिङ मात्र १६ हजार रूपियाँ जति हुने गरेको उनले जनाए तर कञ्चन भ्यु चिया बगानमा कार्यरत स्टाफ सप स्टाफहरूको पूजा बोनसको सूचीमा १६ हजार रूपियाँ सिलिङ पाएको कताई उल्लेख नभएको आरोप लगाए। त्यसरी नै दशैं अघि जीटीए चिफ् अनित थापाले दार्जीलिङ अर्गेनिक टी लिमिटेड कम्पनी अन्तर्गत रम्बुक सिडर्स चिया कमानमा कार्यरत चिया श्रमिकहरूको पूजा बोनस तीन किस्तामा वितरण गरिने छ भन्ने घोषणा गरेको अध्यक्ष डीके गुरूङले आरोप लगाएका छन्। रम्बुक सिडर्स चिया बगान बन्सल ग्रुप अधीन भएको हुनाले दशैं अघि ती चिया बगानहरूमा समस्या उत्पन्न भएको थियो।पहाडको चिया बगानहरूमा कार्यरत् चिया श्रमिकहरूले २०२१ र २०२२ को पूजा बोनसलाई सरकारले दुई किस्तामा वितरण गर्ने निर्देश जारी गरी सकेको भएता पनि रम्बुक सिडर्स चिया बगानमा तीन किस्तामा पूजा बोनस दिने घोषणा कसरी गरयो भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साएका छन्। तीन किस्ता पूजा बोनस दिइने कुनै प्रकारको सम्झौता पत्र आजसम्म सार्वजनिक नभएको अध्यक्ष गुरूङले थप आरोप लगाए। उनले अघि भने बन्सल ग्रुप अधीनमा रहेका चिया बगानहरूमा कार्यरत् प्रबन्धकहरू र मालिकबीच कुराकानी भएको हामीले विश्वास्त सूत्रमार्फत् जानकारी पाएको छौं। त्यस बैठकमा मालिक पक्षले हामी पूजा बोनस दिनु सक्ने अवस्थामा छैनौं भन्दै प्रबन्धकहरूलाई बगान छोड्ने संकेत दिएको थियो। तर पूजा बोनस दिनु सक्दैनौं भनेको दुईपछि १० प्रतिशत पूजा बोनस दिने रकम कहाँबाट आयो।’ हाम्रो पार्टीको श्रमिक संगठनका अध्यक्ष डीके गुरूङले प्रश्नमाथि प्रश्न गर्दै जीटीए चिफ् अनित थापाले तीन किस्ता पूजा बोनस दिने घोषणा गरेको भएता पनि अझसम्म त्यसको अाधिकारिक सम्झौता सार्वजनिक भएको छैन साथै बन्सल ग्रुप अधीनस्थ चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले विगतमा गरेको कामको रोजी, वेतन पाएको छैन त्यो के हुन्छ केही स्पष्ट नरहेको पनि बताए। रम्बुक सिडर्स चिया बगानमा कार्यरत् श्रमिकहरूले यी विषयहरूमाथि खेद प्रकट गर्दै श्रमिकहरूले विरोध प्रदर्शनी गर्न थालेको छ भन्ने अध्यक्ष गुरूङले बताए। यी विषयहरूबारे हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघलाई पनि अवगत गराएको अध्यक्ष गुरूङले बताए। रम्बुक सिडर्स चिया बगानको अवकाशप्राप्त श्रमिकहरूले पाउनु पर्ने राशिहरू अझसम्म नपाएको पनि स्थानीय श्रमिकहरूले आफुहरूलाई अवगत गराएको अध्यक्ष गुरूङले बताए। पूजा बोनसको समयमा मालिक पक्षले जहिले पनि विभिन्न प्रकारको अडचनहरू लगाउँने गर्छन, गत केही दिन अधि सम्पन्न भएको पूजा बोनसको बैठकमा पनि मालिक पक्षले यस्तै अडचन र बाधाहरू लगाउने काम गरेको थियो तर दशै अधि पहाडको ६० प्रतिशत भन्दा धेर चिया बगानहरूले २० प्रतिशत पूजा बोनस दिने काम गरयो।वाधा र अड्चनविना २० प्रतिशत पूजा बोनस दिएको भए श्रमिकहरूको मनमा बगानमा अझ मेहनतले काम गर्ने थियो अध्यक्ष गुरूङले भने।चिया श्रमिकहरूमाथि हुने गरेको शोषण र दमनदेखि वाक्क दिक्क भएर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले खूनको चिया भनेर हेप्पी चिया बगानको चियाको बुटटामा आफ्नै खून छर्किने काम गरेको थियो तर दार्जीलिङको एक जना विधायकले गंगा जल र दुध छर्केर नाटक गरयो।दार्जीलिङ चियाप्रति विधायक महोदय यति इमान्दार छ भने,चिया श्रमिकहरूप्रति यति इमान्दार छ भने विधायक कोषबाट सहयोग किन नगरेको?गंगा जल,दुध छर्किने नाटक किन गरेको?? भन्दै अध्यक्ष डीके गुरूङले प्रश्नमाथि प्रश्न तेर्साए।

About Author

Advertisement