यसपाली सिविटार क्षेत्रमा सुन्तला फलाई राम्रै रहेकोले राम्रै आय आर्जनको आशामा सुन्तला कृषकहरू

IMG_20221010_191718.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा यसपाली पनि सुन्तला फलाई राम्रै देखिएको छ। सुन्तलाको फलाई यसपाली राम्रै भएको कारणले सुन्तला कृषकहरूले राम्रै आय आर्जनको आशा राखेका छन्। खरसाङ महकुमा अन्तर्गत पर्ने क्षेत्रहरूमा सुन्तला खेती सिटोङ, अम्बटे र सिविटार चियाबारी क्षेत्रमा विशेष रूपमा राम्रो खेती हुने गर्दछ। तर अम्बटेमा सुन्तला खेती प्राय: हुन छोडेको छ भने सिटोङ क्षेत्रमा अलि अलि हुने गरेको छ कारण सुन्तलाको बोटहरू मर्दे गईरहेको छ। अहिले सुन्तला खेती सिविटार चियाबारीमा राम्रो भईरहेको छ भने यहाँको सुन्तला अरुतिरभन्दा राम्रै फलाईसितै स्वादिलो फल्ने गरेको छ। सिविटार चियाबारीको विभिन्न गाउँहरू सिविटार तितिरी पाखा, गुम्बाडाँड़ा, छेत्री गाउँ, गैरी गाउँ, बाह्र नम्बर, कोठीडाँडा, पाँच नम्बर, तेरेस गाउँ आदि गाउँहरूतिर सुन्तला खेती गर्ने गरिन्छ। अहिले सुन्तलाको बोटतिर हरियो नै देखिएको छ भने आगामी नोभेम्बर महिनादेखि सुन्तला खान योग्यको हुने साथै बिक्री शुरु हुने भएको छ। यसपाली सुन्तला फलाई राम्रै रहेको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सिविटारका सुन्तला कृषक सन्दीप राईले सुन्तलाको फलाई राम्रै देखिएको छ तर बोटहरूमा रोग लागेको कारणले केही समस्याहरू चैं देखिएको छ भनी बताएका छन् । उनले यसपाली मेरोमा सुन्तला खेती केही राम्रो भएपनि बोटहरूमा किरा लाग्ने गरेको र फल झर्ने समस्या देखिएकोले हामीलाई समस्या चैं भएको छ भनी बताउँदै सुन्तला नोभेम्बर महिनादेखि खान योग्यको हुने अनि बिक्री हुन थाल्ने जानकारी गराएका छन्। उनले कृषि विभागले हामी सुन्तला कृषकहरूलाई पनि सुन्तला खेतीमा सहयोग गरिदिएको खण्डमा धेरै राम्रो हुने बताएका छन्। त्यसरी नै अर्का सुन्तला कृषक रिकास राईले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली सुन्तला फलाई राम्रै देखिएको छ भन्दै आबो नोभेम्बर अन्तिम र दिसम्बरदेखि सुन्तला खान योग्यको हुने साथै बिक्री शुरु हुने बताएका छन्। उनले यसपाली सुन्तला फलाई राम्रै देखिएको कारणले सुन्तलाको एजेन्टहरू आउन थालेको पनि बताएका छन्। उनले भने, ‘मेरो सुन्तला नयाँ बोटहरू भएकोले धेरै राम्रो फलेको छ अनि मैले अरु दबाईहरू प्रयोग नगरेर आफ्नै तरिकाले अर्गानिक रूपमा सुन्तला खेती गरिरहेको छु। यसपाली मैले सुन्तला खेतीमा निक्कै परिश्रम गरेको छु र फलाई पनि राम्रै देखिएको कारणले आय स्रोतको पनि राम्रै आशा राखेको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement