बगान सुचारू रूपमा नचले बन्द गरेर आऊ भन्ने मालिकको निर्देशलाई हामी विरोध जनाउँदछौं: बबिन सुब्बा

IMG-20221010-WA0133.jpg

सोनादा: बगान सुचारू रूपमा नचले बन्द गरेर आउनु भन्ने प्रबन्धकवर्गलाई मालिक पक्षको निर्देशलाई रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूले कठोर शब्दमा विरोध जनाएका छन्। दशैं अघि रम्बुक सिडर्स चिया बगानको प्रबन्धकहरूले बगानमा ताला झुण्डाएपछि पुनः फर्केर आएको छ। रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूले दुई किस्ता पूजा बोनस, तीन किस्ता कसरी भयो। विगतमा काम गरेको रोजी, वेतन कहिले दिन्छ, अवकाशप्राप्त श्रमिकहरूले पाउनु पर्ने ग्राजुएटी कहिले पाउँछ आदि जस्ता मांगहरू लिएर गो सो कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। यसै क्रममा आज पनि रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूले केही घण्टा गो शोको कार्यक्रम गरेपछि श्रमिकहरू आ आफ्नो कामतिर लागेका थिए। रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूद्वारा आयोजित गो शो कार्यक्रममा पहाडको सबै राजनैतिक दलहरू, संघ संस्थाहरूले पनि सहयोगको हात बढाउने अनुरोध गरेका छन्। यसै सन्दर्भमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय सह सचिव बबिन सुब्बाले बताए अनुसार पहाडको चिया बगानहरूमा कार्यरत श्रमिकहरू को २०२१ र २०२२ को पूजा बोनस दुई किस्तामा वितरण गर्ने सरकारले निर्देश जारी गरेको हो तर रम्बुक सिडर्स चिया बगानमा तीन किस्ता पूजा बोनस कसरी गरियो भनी प्रश्न उठाएका छन्। यस सन्दर्भमा आफुहरूले खोजबीन गर्ने साथै जरूरत परेको खण्डमा आरटीआई पनि गर्नेछौं भनी बताएका छन्। त्यसरी नै बगानमा कार्यरत श्रमिकहरूले विगतमा गरेको रोजी, वेतन पाएको छैन, अवकाशप्राप्त भएका श्रमिकहरूले पाउनु पर्ने ग्राजुएटी पाएको छैन, त्यो कहिले पाउँछ? भन्ने जस्ता विषयहरूमाथि बगानमा कार्यरत श्रमिकहरूले गत केही दिनदेखि गो शो कार्यक्रम गर्दै आईरहेको पनि उनले बताए। आयोजित कार्यक्रममा पहाडको सबै राजनैतिक दल,संघ संस्थाहरूले सहयोगको हात बढ़ाउने आह्वान् पनि गरिएको छ। श्रमिकहरूको मांगबारे बगानको प्रबन्धक, जीटीए चिफ् अनित थापा,जिल्लाधिकारी, जिल्ला पुलिस अधीक्षक, सांसद राजु विष्ट, राज्यसभा सांसद शान्त छेत्री, विधायक बीपी बज्गाई, विधायक निरज जिम्बा, सभासद बिनय तामाङ,सभासद अजय एडवर्ड, लेवर डिपार्टमेन्टको जीटीए, एडिसनल लेवर कमिशनर, सोनादा पुलिस आउट पोस्ट, रीना बन्सल निर्देशक दार्जीलिङ अर्गेनिक टी, संजय बन्सल निर्देशक दार्जीलिङ अर्गेनिक टी, जोइण्ट फोरम आदिलाई पत्रचार गरेको पनि सुब्बाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement